प्रधानमन्त्रीलाई मात्र देवत्वकरण गरेको बामदेवको गुनासो

विराटनगर , ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ मात्र देवत्वकरण गरेको गुनासो गरेका छन ।

बुधबार बिहान प्रेस बिज्ञप्ती जारीगर्दै नेता वामदेवले भारतले अतिक्रमण गरेको भुभाग सहित नेपालको नक्सा सार्वजनिक गर्न नेकपाको पार्टी निर्णय अनुसार भएको तर केही मानिशहरुले प्रम ओलीको प्रयासमा मात्र सबै संभव भएको भन्दै देवत्वकरण गरिरहेको नेता बामदेवले गुनासो गरेका हुन ।  

नेता वामदेवले अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन लाग्छन भन्दै  नक्सा निर्माण गरेर सार्वजनिक गर्ने कार्य  पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको बताएका छन ।

समाजिक सञ्जाल मार्फत उनले सार्वजनिक गरेको बिज्ञप्तीमा भनेका छन ,… वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ व्यक्त्ति केन्द्रित भएर कसैलाई देवत्वकरण गर्नुहुदैन राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।,  

 उनका अनुसार ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको हो यसप्रति  नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ ।

तर छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीले नभै  पार्टीको बैठकमा आफुले नै राखेको नेता बामदेवले जानकारी गराएका छन । उनले आफु  नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा  शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको बताएका छन । यद्यपी नेता वामदेवले 

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नयाँ नक्सा निर्माण गर्ने र सार्वजनिक गराउने कार्य भने  स्वागतयोग्य भएको बामदेवले बताएका छन ।

उनले भनेका छन , किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ । ,

Loading...