चीनले भन्यो ‘कालापानी मुद्दामा हाम्रो संलग्नता छैन’

काठमाडौं, ७ जेठ । नेपालको कालापानी भूभागको विषयमा चीनको संलग्नता नरहने चीनले प्रष्ट्याएको छ ।

चीनले यो नेपाल र भारतबीचको मुद्दा रहेकाले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्नुपर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् ।

प्रवक्ता लिजानल एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राखे ।

भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले चीनको धारणा राखेका हुन् ।

Loading...