शारीरिक तथा मानसिक समस्याका लागि फाइदाजनक माछाको तेल

विराटनगर,६ जेठ । माछाको तेल माछाको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक छ ।

साल्मन, ट्राउट, सारडाइन, टुना, हैलिवट नाम गरेका माछाहरूमा ओमेगा ३ फैटी एसिड एसिड पाइन्छ ।

ओमेगा ३ उत्पादन गर्न सक्ने माछाको तेलको सेवनले शरीरमा फाइदा पुर्याउछ ।

माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिड, अल्फा लिनोलेनिक एसिड, गामा लिनोलेनिक एसिड, भिटामिन, खनिज, तथा प्रोटिनले शारीरिक समस्याहरूका साथ साथै मानसिक समस्याहरूमा पनि फाइदाजनक हुन्छ ।

माछाको तेलको नियमित सेवनले चिन्ता, एन्जाइटी, डिप्रेसन, बेचैनी जस्ता मानसिक रोग पनि बिस्तारै हराएर जान्छ ।

यसले अनुहारको दाग, डण्डीफोर तथा सुख्खापनको समस्या हटाएर छालालाई नरम बनाउछ ।

ओमेगा ३ फैटी एसिडले शरीरको ब्लड प्रेसरलाई नियन्त्रणमा गर्नुको साथै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मुटुमा रोग लाग्नबाट जोगाउने क्षमता राख्छ ।

माछाको तेलले शरीरमा रासायनिक सक्रियता बढाउने हुदा यसले प्रतिरक्षा प्रणाली मजबुत बनाइ विभिन्न रोगहरू संग लड्ने शक्ति प्रदान गर्छ जसकारण रुघाखोकी, फ्लु, ज्वरो जस्त रोग शरीरमा सजिलै संग लाग्न पाउदैन ।

माछाको तेलमा पाइने भिटामिन डी ३ र क्याल्सियमले हड्डी तथा जोर्नीलाई मजबुत बनाउन मद्दत गर्छ ।

माछाको तेलको निरन्तर प्रयोगले आँखाको समस्यामा पनि फाइदा पुग्छ । माछाको तेलको प्रयोगले शरीरमा प्रोटिनको मात्रा पूरा हुन्छ जसकारण मृगौलासम्बन्धि विभिन्न रोग लाग्ने खतरा कम हुन्छ ।

माछाको तेलले कोलन, प्रोस्टेट र स्तन क्यान्सरका जोखिम समेत कम गराएर क्यान्सरको उपचारमा मद्दत गर्न सक्छ ।

Loading...