घरेलु मैदानमा अपराजित रहने टोली डर्टमन्ड मात्रै

विराटनगर, ६ जेठ । मे १६ पछि सुचारु भएको बुन्डेशलिगाका नौ खेल सकिएका छन् ।

खेलिएका कूल खेलमध्ये ६ खेलका स्पष्ट नतिजा छन् भने ३ खेल बराबरीमा टुङगिएका छन् ।

यसमा रोचक कुरा के रह्यो भने, घरेलु मैदानमा खेलिएका खेलमा अपराजित रहने एक मात्र टोली बन्यो, बोरुसिया डर्टमन्ड ।

घरेलु मैदानमा साल्खेविरुद्ध उत्रिएको डर्टमन्डले ४–०को भारी अन्तरले खेल आफ्नो पक्षमा पारेको थियो । डर्टमन्डको जितमा अर्लिङ हालाण्डले एक, राफेल गुएरेरोले दुई तथा थोर्गन हार्जाडले एक गोल गरेका थिए ।

फोर्टना डसेल्डोर्फ र प्याडबोर्न, आरबी लाइपजिग र फ्रेबर्ग र कोलोन र मेनजबीचको खेल बराबरीमा टुङ्गिदा जर्मन जाईन्ट्स बार्यन म्युनिखले युनियन बर्लिनको घरेलु मैदानमा २–० को जित दर्ता ग¥यो ।

यस्तै, बार्यन लिवरकुसेन, बोरुसिया मोनचनग्लाडब्याच, हर्था बर्लिन, वुल्फ्सवर्गले भने आ–आफ्नो अवे खेलहरुमा स्पष्ट जित दर्ता गराएका थिए ।

२६औं चरणका खेलहरुका सकिँदा ५८ अंकसहित बार्यन म्युनिख बुन्डेशलीगा तालिकाको शीर्ष स्थानमा छ भने चार अंक कम रहेको बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ ।

Loading...