रुसमा झन्डै ३ लाख संक्रमित

विराटनगर, ६ जेठ । रुसमा केहि साता देखि कोरोना भाइरसका संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । रुस अहिले कोरोना प्रभावितको सुचिमा अमेरिका पछि दोस्रो नम्बरमा छ ।

केहि दिन यता संक्रमितको संख्या घटेपनि संक्रमितको संख्या फेरी आज केहि बढेको छ ।

रुसमा आज ९ हजार बढीमा संक्रमण देखा परेको छ ।

२४ घण्टामा ८ हजार ९ सय २६ नयाँ संक्रमितहरू रेकर्ड भएको थियो भने रुसमा अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांक अनुसार रुसमाआज संक्रमितको सङ्ख्या ९ हजार २ सय ३६ रिपोर्ट गरिएको छ ।

आज नयाँ संक्रमित थपिएसंगै रुसमा २ लाख ९९ हजार ९ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये आज १ सय १५ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २ हजार ८ सय ३७ पुगेको छ ।

रुसमा संक्रमितको संख्या लगातार बढे पनि मृतुदर भने कम नै रहेको छ । ७६ हजार १ सय ३० जना सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Loading...