इमरान खान जस्तै कप्तान हुन चाहन्छु : बाबर आजम

विराटनगर, ६ जेठ । पाकिस्तानका नयाँ एकदिवसीय कप्तान बाबर आजमले आफू पूर्व कप्तान तथा हालका प्रधानमन्त्री इमरान खानजस्तै कप्तान बत्र चाहेको बताएका छन् ।

२०१९ को अन्त्यबाट पाकिस्तान टी२० क्रिकेट टोलीको कप्तानी सम्हालीरहेका आजमलाई एक साता अघि मे १३ बाट एकदिवसीय कप्तानको जिम्मेवारी दिईएको थियो ।

१९९२ को पुरुष क्रिकेट विश्वकप जित्दा कप्तान रहेका इमरान खानजस्तै आफू पनि आक्रमक कप्तान हुन चाहेको आजमले आईसीसीसँग बताएका छन् ।

कप्तान भएपछि एकदमै नियन्त्रित हुनुपर्छ, भित्र तपाई जतिसुकै रिसाए पनि बाहिर भने त्यो रिस देखिनु हुँदैन ।

आफ्नो रिसलाई काबुमा राखेर आफ्ना टिमका खेलाडीहरुको आत्मविश्वास बढाई रहनुपर्छ ।

कप्तान आजम भन्छन्, ‘तपाईले तपाईको सहकर्मीहरुलाई एक सय दश प्रतिशत दिनुभयो भने उनीहरुले त्यो भन्दा पक्कै ज्यादा दिन्छन् । यो कुराको लागि म इमरान खानको शैली अपनाउन चाहन्छु, म वहाँ जस्तै कप्तान बत्र चाहन्छु ।’

२५ वर्षीय आजम टी२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहेका छन् ।

ब्याटीङको एकदिवशीय वरीयतामा तेस्रो र टेस्ट वरीयतामा पाँचौ स्थानमा रहेका आजमले पाकिस्तान क्रिकेट बोर्डले आफूलाई दिएको जिम्मेवारीका लागि आफू तयार रहेको बताएका छन् ।

कप्तानको जिम्मेवारी सम्हालेपछिको पहिलो मिडिया अन्तत्र्रिmयाको क्रममा बोल्दै आजम भन्छन्, ‘मैले यू१९ र टी२० राष्ट्रिय टोलीको कप्तानी सम्हालीसकेको छु त्यसैले मलाई एकदिवसीय टोलीको कप्तानीमा खासै समस्या नपर्ला ।’

विश्व वरीयतामा आफ्नो राष्ट्रको स्थान चित्त बुझ्दो नरहेको र आफ्नो पहिलो कार्य भनेकै पाकिस्तानलाई विश्वकका शीर्ष तीन राष्ट्रभित्र पार्नु रहेको उनले खुलस्त पारेका छन् ।

आईसीसीद्वारा जारी गरिएको क्रिकेट राष्ट्रको विश्व वरीयतामा पाकिस्तान छैठौं स्थानमा रहेको छ ।

Loading...