Rumpum

Rumpum Advertisement

कोराना संक्रमणको त्रासले फेरिदियो प्रदेश नं १ संसदको स्वरुप (फोटो फिचर)

कोराना संक्रमणको त्रासले फेरिदियो प्रदेश नं १ संसदको स्वरुप  (फोटो फिचर)

विराटनगर , ६ जेठ । यही १४ जेठदेखी प्रदेश नं १ प्रदेश सभाको बजेट अधिबेशन सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण समस्याले गर्दा प्रदेश संसदको बैठक पनि सकेसम्म समाजिक दुरी कायम राखेर सञ्चालन गरिदैछ ।

यसैले संसदको बैठक कक्षको पुराना कुर्सी हटाएर एक मिटरको दुरीमा नयाँ राखिएको छ । प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार बैठक कक्ष साँघुरो भएकोले प्रेस र अतिथि दिर्घाको ग्यालरी पनि हटाइएको छ ।

सभा हल साँधुरो भएकोले माथिल्लो तलामा प्रत्यक्ष भिडियो मनिटरमा बैठक हेर्न र त्यहीबाट बोल्न मिल्ने गरि सांसदहरुलाई व्यवास्था मिलाइएको छ । समामुखको बेल अगाडी पनि मनिटर राखिएको छ ।

पत्रकारहरुलाई मिडिया सेन्टरमा र अर्को एक हलमा बसेर रिर्पोटिङ गर्ने व्यावस्था मिलाइएको छ । सचिव पराजुलीका अनुसार अधिबेशन सुरु भएपछि सबैलाई मास्क प्रयोग गर्न अनिवार्य गरिनेछ ।

हाजिरी गर्ने व्यावस्था बाहिर प्राङगणमा टेन्ट राखेर समाजिक दुरी बनाउने व्यावस्था हुनेछ । संसद बैडकको प्रत्यक्ष प्रसारण युटयुब च्यानल मार्फत पनि हुनेछ ।


फोटो , यज्ञ अधिकारी ।