रोनाल्डो अभ्यासमा फर्किए

एजेन्सी, ६ जेठ । युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि युभेन्टसको अभ्यास मैदानमा उपस्थित भएका छन् ।

कोरोना महामारीका कारण सिरी ‘ए’ स्थगित भएपछि उनी पोर्चुगस्थित आफ्नो घर मडेइरा फर्किएका थिए ।

जुन १३ बाट सिरी ए पुनः सुचारु हुने भएपछि पोर्चुगलबाट टुरिन फर्किएका रोनाल्डो क्वारेन्टाइनको बसाईपछि आजबाट अभ्यासमा उपस्थित भएका हुन् ।

३५ वर्षीय रोनाल्डो सम्मेलित युभेन्टस दोस्रो स्थानको लाजिओभन्दा एक अंकले माथि रहँदै शीर्ष स्थानमा छ ।

Loading...