भिटामिन ‘डी’ को कमी भएमा शरीरले देखाउने संकेतहरू

विराटनगर, ६ जेठ । सूर्यको किरणहरूबाट आपूर्ति भिटामिन ‘डी’ले शरीरलाई स्वास्थ्य राख्न प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । साथै, केही खाद्यपदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

भिटामिन डी बोसोमा सजिलै घुल्छ जसकारण यसले आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पु¥याउने काम गर्छ । आवश्यकताभन्दा बढी तौल, घाममा नबस्ने, उमेर बढ्दै जाने, भिटामिन डी भएको खानेकुराको सेवन नगरेमा शरीरमा भिटामिन डीको कमी हुन्छ ।

हड्डीहरू कमजोर छन् भने शरीरमा भिटामिन डीको कमी रहेको पनि संकेत हो । क्याल्सियम र भिटामिन डीको अभावले कमर दुख्ने र शरीर दुखाइ जस्ता समस्या निम्त्याउन सक्छ ।

यसले फ्र्याक्चर र अन्य क्षतिको जोखिम पनि बढाउने गर्छ । बिनाकारण मांसपेशी दुख्छ भने शरीरमा भिटामिन डीको कमी भएको हुन सक्छ ।

यस कारणले गर्दा, मांसपेशीहरूमा धेरै कमजोरी र दुखाइ हुन सक्छ । यो समस्या हरेक उमेर समूहका मानिसलाई हुन सक्छ । शरीरमा अट्याक गर्ने भाइरस र ब्याक्टेरियाको शरीरको प्रतीरक्षा प्रणालीसँग ठूलो कनेक्शन छ ।

भिटामिन डीले इम्यून सिस्टम सेल्स निर्माण गर्न मद्दत गर्छ । शरीरमा भिटामिन डीको कमीले शरीरको इम्यून सिस्टम ठीक तरिकाले काम गर्न सक्दैन जसकारण मानिसहरू पटक पटक बिरामी पर्ने गर्छन् ।

रुघाखोकी, ज्वरो आदि जस्ता समस्याहरू भइरहन सक्छ । तनावको साथै भिटामिन डी को कमीले कपाल झर्ने वा टुट्ने कारण पनि हुन सक्छ । भिटामिन डीको कमीका कारणले गम्भीर कपाल झर्ने समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

शरीरमा रिकभरी प्रक्रियाले राम्रोसँग कार्य गर्न नसकेको खण्डमा शरीरको कुनै पनि प्रकारको घाउ ठिक हुन अधिक समय लाग्नसक्छ । भिटामिन डीले संक्रमणहरूसँग लड्न, सुन्नेको कम गर्न र घाउलाई पूर्ण रूपमा निको पार्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

त्यसकारण घाउ निको हुन धेरै समय लागेको खण्डमा शरीरमा भिटामिन डी को कमी हुन सक्छ भन्ने संकेत हो ।

Loading...