विराटनगर, ६ जेठ । बलिउडका चर्चित अभिनेता नवाजुद्धिन सिद्धिकीको मंगलबार (आज) ४६ औँ जन्मदिन मनाइरहेका छन् ।
यहीबीच उनलाई पत्नी आलिया सिद्दीकीले एलिमोनी र सम्बन्ध विच्छेदको दावी गर्दै कानुनी सूचना पठाएकी छिन् ।
आलिया (अन्जली) का वकिल अभय सहाइले मेल र व्हाट्सएपबाट ७ मेमा नवाजुद्धिनलाई नोटिस पठाएका हुन् ।
नवाजउद्धिनले पत्नी आलियालाई पनि कुनै जवाफ फर्काएका छैनन् ।
सहाइले सूचनाको विवरण गोप्य रहेको हुँदा बताउन नमिल्ने तर आलियाले अभिनेताका साथै उनका परिवारका सदस्यहरू विरुद्ध लगाइएको आरोप निकै गम्भीर रहेको बताएका छन् ।
आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रिएको खुलासा गर्दै आफुले पहिले नै डिभोर्स गर्नुपर्ने बताएकी छिन् ।
अभिनेता आफ्नो परिवारका सदस्यहरू (आलिया बाहेक) सहित हाल गृहनगर उत्तर प्रदेशमा छन् । उनले महाराष्ट्रका अधिकारीहरूबाट यात्राको लागि आवश्यक अनुमति पाए पछि १२ मेमा घर पुगेका हुन् ।
नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।
नवाजुद्दीनले सोमबार ट्वीटमा कान्छी बहिनीको भर्खरै निधन भएको कारण, मेरी ७१ वर्षीय आमालाई दुई पटक एन्जाइटि अट्याक आएको उल्लेख गरेका छन् ।
ट्विटमा होम क्वारेन्टाइनमा रहेको बताउँदै उनले सरकारका सबै नियम मानिरहेको उल्लेख गरेका छन् ।
२००९मा विवाह गरेका नवाजुद्दीन र आलियाका ९ बर्षीय छोरी र ५ वर्षीय छोरा गरि दुई सन्तान छन् ।
यसअगाडि, अभिनेताले शीबासँग विवाह गरेका थिए जुन ६ महिना बढी टिक्न सकेको थिएन ।