बन्चरो प्रहार गरी बुबाको हत्या, एक युवती पक्राउ

इलाम, ६ जेठ । इलामको देउमाई–६ शान्तीडाँडा बस्ने २५ वर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छन् ।

सोमबार बेलुका ८ बजे खाना खाएर घरमा बुबासँगगफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी कुरामा विवाद चर्किएपछि राति ११ बजे राईले ५९ वर्षीय बुबा फूलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

मंगलबार बिहान ६ बजे राई आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको उनको आफन्तले ईलाका प्रहरी कार्यालय, मंगलबारेमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट समेत घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्टि गरेको छ ।

हत्यामा संलग्न शुष्मा राईलाई जंगलमा लुकेर बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहितपक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Loading...