सुनसरीबाट लागूऔषधसहित एकजना पक्राउ

सुनसरी, ६ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट ठूलो परिमाणको लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

मंगलबार बिहान साँढे ४ बजे इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट सोही नगरपालिका–७ का २१ वर्षीय भोला भनिने नरेशकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट अवैध लागूऔषध नुफिन–५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पुल गरी जम्मा १७०० एम्पुल बरामद भएको छ ।

पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Loading...