मार्टिनेज अनुबन्ध नजिक बार्सिलोना

एजेन्सी, ६ जेठ । बार्सिलोना इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेज अनुबन्धको नजिक पुगेको जनाइएको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार बार्सिलोना अर्जेन्टिनी स्टार मार्टिनेज अनुबन्ध नजिक पुगेको हो ।

२२ वर्षीय मार्टिनेज केही समय अगाडिबाट स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् ।

राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सीको आग्रहमा मार्टिनेज क्याप नोउ जाने मनसायमा रहेको बताइएको छ ।

बार्सिलोनाले पनि मार्टिनेजलाई क्लबमा ल्याउँदै ४ वर्षे सम्झौता गर्ने पक्षमा रहेको बताइन्छ । खबरका अनुसार मार्टिनेजको सरुवाको विषयमा दुवै क्लब सहमत छन् ।

यस्तैमा बार्सिलोनाले आगामी महिना उनीसँग सम्झौता गर्ने दाबी मुन्डो डिपोर्टिभोको छ ।

युरोपियन क्लब फुटबलमा मार्टिनेजको मूल्य १ सय ११ मिलियन युरो रहेको छ ।

तर, इन्टरले बार्सिलोनासमक्ष मार्टिनेजको सट्टामा ६० मिलियन युरोसहित २ खेलाडीका मागेको थियो ।

रिपोर्टका अनुसार इन्टरले बार्सिलोनासँग मार्टिनेजको सट्टामा ६० मिलियन युरोसहित अर्टुरो भिडाल र नेल्सन सेमेडो वा इमर्सन दिनुपर्ने माग गरेको थियो ।

बार्सिलोना यस विषयमा सहमत भएको मुन्डो डिपोर्टिभोको दाबी छ ।

Loading...