संक्रमित बढेसँगै चीनलाई उछिन्दै अगाडि आयो पेरु

एजेन्सी, ६ जेठ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) तीब्र रूपमा फैलिरहेको बेलामा चीनमा भन्दा अन्य देशहरूमा संक्रमितको संख्या बढ्दो छ ।

त्यस्तै संक्रमितको संख्यामा एघारौं नम्बरमा रहेको चीनलाई अहिले पेरुले उछिनेको छ । संक्रमित थपिएसँगै पेरुले चीनलाई संक्रमितको संख्यामा उछिनेर एघारौं नम्बरमा पुगेको छ ।

हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचिमा ९४ हजार ९ सय ३३ संक्रमितसहित पेरु एघारौं नम्बरमा पुगेको हो ।

यो संख्या चीनभन्दा ११ हजार ९ सय ७३ ले बढी हो । त्यस्तै, अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा पेरुमा २ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये १ सय ४१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ भने ३० हजार ३ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

चीन अहिले ८२ हजार ९ सय ५४ संक्रमितसहित बाह्रौं नम्बरमा झरेको छ ।

Loading...