कृषि उत्पादनलाई बढाएर न्युतम आवश्कता पुर्ति गर्न सरकार गम्भिर

काठमाण्डौ , ६ जेठ । कृषि उत्पादनलाई बढाएर न्यूनतम आवश्यक र उपभोग्य वस्तुको उपलब्धता गराउने तर्फ सरकार गम्भीर रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन ।

कोरोना संक्रमणलेगर्दा अर्थतन्त्रमा गम्भीर र नकारात्मक असर परेको भएपनि जीवन चलाउनुपर्ने बाध्यताले कृषि उत्पादनलाई बढाएर आवश्यकता पुरा गराउन सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले मंगलबार संसदमा बताएका हुन ।

उनले कोरोनासंग लड्दै सामाजिक, आर्थिक क्रियाकलापलाई पनि चलाउनुपर्ने बाध्यालाई आत्मसात गर्नुको बिकल्प छैन भने ।

कोरोना महामारीले गर्दा कयौ रोजगार र आर्थिक आम्दानीबाट बञ्चित हुने असर देखिने भएकाले कृषि उत्पादन बढाउन सरकारको नीति र व्यवहार निर्देशित हुने जानकारी गराए ।

उनले आवश्यकता अनुसार आर्थिक प्याकेज ल्याउने स्पष्ट पारे । प्रम ओलीले भने “जनतासंग छलछामको व्यवहार गर्न सक्त्तैनौ ।त्यसैले प्याकेज ल्याउदा दीर्घकालिन हुने गरि सबै बर्ग र तमहलाई समेटनेगरि ल्याउनेछौ ।”

Loading...