एमसीसी छलछामले पारित नहुने प्रम ओलीको भनाइ

काठमाण्डौ ,६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्केलाबाट पारित नगराउने बताएका छन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी पास गर्ने÷नगर्ने विषय अब संसदको भएकोले जस्केलबाट पारित नहुने बताएका हुन ।

प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्ने÷नगर्ने कुराको निष्कर्ष संसदले नै निकाल्नुपर्ने बताए । उनले विगतको सरकारले गरेको सम्झौता अविच्छिन्न उत्तराधिकारको हैसियतले अहिलेको सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको जानकारी गराए ।

प्रम ओलीले एमसीसी पास भए÷नभएपनि लप्सीफेदी—रातमाटे—हेटौडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४ सय केभी ट्रान्समिसन लाईन बनिछाड्ने प्रधानमन्त्रीले जाकारी गराए ।

सत्तारुढ दलका सांसदहरुले एमसीसी जस्केलाबाट ल्याउन खोजिएको टिप्पणी गरेका थिए ।

Loading...