फोक्सोमा समस्या भएका मानिसहरूले लगाउनुहुँदैन मास्क

एजेन्सी, ६ जेठ । फेस मास्कले दम तथा अन्य फोक्सोको समस्या भएका मानिसहरूलाई सास फेर्न गाह्रो बनाउनसक्ने हुदा विज्ञहरूका अनुसार यस्ता ब्यक्तिहरूले मास्क लगाउनुहुँदैन ।

कोरोना भाइरस एक श्वासप्रश्वास रोग गराउने भाइरस हो । मानिसहरूले सास फेर्दा यो सासमार्फत वायुमार्ग र फोक्सोभित्रका कोषहरूमा संलग्न हुन्छ ।

श्वासप्रश्वासबाट भाइरस सर्ने हुँदा विज्ञहरूले नै मास्क लगाउन वा भीडभाडको ठाउँमा मुख छोप्नुपर्ने सल्लाह दिँदै आएका हुन् ।

तर, दम वा क्रान्तिक अड्रक्टिभ पल्मोनरी रोग (सीओपीडी), सिस्टिक फाइब्रोसिस रोग भएका बिरामीहरूलाई मास्क लगाउँदा वा मुख चोपडा सास फेर्न गाह्रो हुन्छ ।

मास्क लगाएका कारण फोक्सोमा हावा पस्न अझ गाह्रो बनाउँछ, केही बिरामीहरूको लागि दम ट्रिगर गर्न सक्ने हुँदा यसले चिन्तालाई पनि निम्त्याउन सक्छ जुन मान्छेको सास फेर्ने प्याटर्नलाई समेत परिवर्तन गर्न सक्छ ।

फोक्सोमा समस्या भएका बिरामीहरू भाइरसबाट संक्रमित भए यसले उनीहरूलाई थप जोखिममा पुर्‍याउन सक्छ, र यो संक्रामक भएको खण्डमा यसलाई फैलाउने सम्भावना पनि बढी हुन सक्छ ।

आफू र वरपरका अरूलाई बचाउनको सामाजिक दूरी कायम गर्न नसक्दा विज्ञहरूका अनुसार मानिसहरूलाई आफ्नो स्वास्थ्य जोखिममा नराखी सहज महशूस भए मात्र मास्क लगाउनुपर्छ ।

गर्मीको महिनामा तातो हावा चलेको बेला लगातार आफ्नो सासको माथि तातो हावा लिँदा एकदम असहज हुन सक्छ ।

Loading...