Rumpum

Rumpum Advertisement

सरकार असफल बनाउन चाहनेहरुले लकडाउन पालनामा असहयोग गरेको प्रम ओलीको आरोप

सरकार असफल बनाउन चाहनेहरुले लकडाउन पालनामा असहयोग गरेको प्रम ओलीको आरोप

काठमाण्डौ , ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना सही ढंगले गराउन भन्दा असहयोग गरेर सरकारलाई असफल बनाउन प्रतिपक्षीहरु लगिपरेको आरोप लगाए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले कोरोना नियन्त्रणमा सहयोग गर्न भन्दा सरकार असफल पार्न प्रतिपक्षीहरु लगिपरेको आरोप लगाएका हुन ।

संक्रमण नियन्त्रणमा लिन सरकारले गरेका प्रयास सफल भएको र नेपालले पनि सुरुबाट नै लकडाउन गरेकाले संक्रमण फैलिन नपाएको पनि दाबी गरे ।

लकडाउन पालना नभएका मुलुकमा नियन्त्रणमा कठिनाई भएको भन्दै प्रम ओलीले संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने तर्फ सरकार केन्द्रीत भएपनि विभिन्न कारणले दुई जनाको निधन भएकोमा प्रधानमन्त्रीले दुख व्यक्त गरे ।

उनले नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिईएको र “कोरोना मुक्त नेपाल” नै सरकारको पहिलो प्राथमिकता रहेको जानकारी गराए ।

‘प्रतिरोध र प्रतिरोधी क्षमता नै कोरोनाको उपचार भएकाले भाइरस विरुद्ध प्रतिरोधी क्षमताको विकास गराउने तर्फ सरकारले ध्यान केन्द्रीत गरेको छ’ , प्रम ओलीले भने ।

उनले संक्रमण रोकथाममा राजनीति गर्दै अस्थिरता पैदा गर्न खोज्नेहरु बाहेक आम जनताबाट सरकारले व्यापक समर्थन प्राप्त गरेको प्रम ओलीले दाबी गरे ।

कोरोनाले महंगो भएपनि मुल्यवान शिक्षा दिएको भन्दै उनले कोरोनालाई पराजित गर्न आनीबानी र जीवनशैलीलाई आवश्यकता अनुसार परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए ।

५७ हजार ९ सय ४ जनालाई क्वारेन्टाईनमा राख्न सक्ने क्षमता सरकारसंग भएको, ३० हजार सिट गुणस्तरीय रहेको र बाँकीको कम गुणस्तरको भएको जानकारी दिए ।

न कोभिड १९ संग लड्न र तयारी गर्न सक्ने अवस्था नेपालको मात्रै नभई विश्वकै कमजोर रहेको भन्दै उनले सरकारले सक्दो प्रयास गरिरहेको प्रस्टपारे ।

उनका अनुसार इटाली, दुवई र बुहानबाट आएकामा भाइरस नरम देखिएको भएपनि भारतबाट आएकाहरुमा कोरोनाको कडा भाइरस देखिएको छ ।