डब्ल्यूएचओलाई ट्रम्पले दिए चेतावनी

एजेन्सी, ६ जेठ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई चेतावनी दिएका छन् ।

डब्ल्यूएचओका प्रमुखलाई पत्र लेख्दै ट्रम्पले कोभिड–१९ सँग सम्बन्धित विवादलाई लिएर संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका हुन् ।
उक्तपत्रमा लेखिएको थियो, ‘तीस दिनभित्र उल्ल्लेख्य सुधारहरू गर्नुपर्ने छ अन्यथा करोडौं डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यतासमेत गुमाउनु पर्ने छ ।’

ट्रम्पले डब्लूएचओको महानिर्देशक डा. टेड्रोस गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गर्दै चेतावनी दिएका हुन् । पत्रमा ट्रपले संगठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै लेखेका छन्, ‘वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक वेवास्ता ग¥यो ।’

संगठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै उनले अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु भनेका छन् । उनले संगठनले ठूलो र ठोस प्रगती देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थायी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको कठपुतली भनेर पनि आरोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनको निर्णायक निकाय वर्ल्ड हेल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । गत महिना राष्ट्रपति ट्रम्पले गतविश्व स्वास्थ्य संगगठनलाई दिँदै आएको पैसा पनि रोक्का गर्ने घोषणा गरेका थिए ।

Loading...