प्रधानमन्त्री ओलीले संसदमा भने – ‘भारतले अतिक्रमण गरेको भूमी फिर्ता ल्याएरै छाडछौ’

काठमाण्डौ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा बोल्दै भारतको अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याएरै छाडने प्रतिवद्धता जनाएका छन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै प्रम ओलीले सरकारले अतिक्रकणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने निर्णय गर्दे आवश्यक कुटनीतिक कदम चालेको संसदलाई औपचारीक जानकारी गराए ।

उनले सोमबारको मन्त्रीपरिषद् बैठकले नेपाली भूमी समेटेर नक्सा पारित गरेको र केही दिन भित्र सार्वजनिक गरिने पनि जानकारी सांसदहरुलाई दिए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय ओझेल पर्न वा सेलाउन कदापी नदिने र निष्कर्ष निकालेरै छाडने प्रतिबद्धता गरे ।

प्रम ओलीले संसदमा भने – ‘ भारतले हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । यसलाई कुटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गर्ने छौ र हाम्रो भुभाग हामी फिर्ता लिएरै छोड्छौ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकाले कोही रिसाउछ कि भनेर डर मान्नुपर्ने अवस्था नरहेको प्रम ओलीले प्रस्ट रुपमा भने ।

प्रम ओलीले २०१८ साल सम्म भारतले अतिक्रमित गरेको भूमीमा जनगणना गर्ने तिरो उठाउने काम भईरहेको प्रमाणले नेपाली भूमी हो भन्ने प्रस्ट भएको बताए ।

१९६२मा भारतीय सेना कालापानीमा बसेपछि त्यसभन्दा पश्चिमको भूभागमा जान नेपालीहरु छेकिएको प्रमको भनाई छ ।

प्रमले भावुकहुदै संसदमा भने , ‘यो कुनै तमाशा गरिएको होइन । यो देखावा गरिएको पनि होइन । यो यथार्थमा फिर्ता लिनका निम्ति गरिएको हो र हाम्रो भूभाग हो । हामी फिर्ता लिन्छौ ।’

नयाँ नक्सा अनुसारको व्यवस्था गर्दै संविधानको अनुसूची ३ संशोधन भएको दिन नेपालमा दिपावलीको उद्घोष गरिने प्रम ओलीले बताए ।

उनले संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरिने र त्यो प्रस्ताव सर्वसम्मतले पारित हुने विश्वास आफुले लिएका पनि उनले प्रस्टपारे ।

Loading...