इटहरीमा कोरोना संक्रमित भेटिएको वडा सिल

इटहरी, ६ जेठ । इटहरीमा कोरोना संक्रमण देखिएको दुई नम्बर वडा र सँगै जोडिएको वडा नम्बर ३ सिल गर्ने निर्णय गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले दुवै वडा ११ जेठसम्म सिल गर्ने निर्णय गरेको हो ।

सिल गरेर संक्रमित युवकको परिवार र उसकोे सम्पर्कमा आएका ब्यक्तिहरूको खोजी सुरु गरिएको छ ।

बैठकले इटहरी उपमहानगरभित्रका औषधि पसलबाहेकका सबै पसल र आवत–जावत बन्द गर्ने निर्णय गरेको छ ।

घरैमा बसेर लकडाउनको पूर्ण पालना गरी कोरोना नियन्त्रणको अभियानमा सहयोग पुर्‍याउन नगरवासीमा उपमहानगरले आग्रह गरेको छ ।

युवकले उपचार गराएको क्लिनिकका नौ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ ।

Loading...