स्वाद र गन्ध हराउने : बेलायतले थप्यो कोभिड १९ का लक्षणहरू

एजेन्सी, ६ जेठ । बेलायतमा २.५ लाख संक्रमित रेकर्ड भएका बेलामा कान, नाक तथा घाँटीका विशेषज्ञ डाक्टरहरूले संक्रमितको ठूलो संख्यामा कोरोना भाइरसका मुख्य लक्षणहरूमा स्वाद र गन्धको क्षतिलाई पनि समावेश गरेका छन् ।

स्वास्थ्य अधिकारीहरूले निरन्तर खोकी, जोरो वा एनोसमिया (सुँघ्ने क्षमता हराउने ) हुँदा सेल्फ इसोलेसनमा बस्न सल्लाह दिएका छन् । यसले स्वादलाई पनि असर गर्न सक्ने उनीहरू बताउँछन् ।

इंगल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका चार प्रमुख चिकित्सा अधिकारीहरूले कोभिड १९ का तथ्यांक र प्रमाणहरूलाई कडा निगरानी गरेर राम्ररी सोचविचार गरेपछि नयाँ उपाय सिफारिस गरिरहेको बताएका छन् ।

हालको निर्देशनहरू अनुसार व्यक्तिमा खोकी, गन्ध थाहा पाउन नसक्नेबाहेक अरू लक्षणहरू देखिए पनि घरपरिवारसहित पनि १४ दिनसम्म अलग्गै बस्नुपर्छ ।

किंग्स कलेज लन्डनमा आनुवंशिक महामारी विज्ञान विभागका प्रमुख टिम स्पेक्टरका अनुसार बेलायतमा ज्वोरो र खोकीलाई मात्र लक्षण मानिने हुँदा कोरोना भाइरस भएका ५० हजारदेखि ७० हजार मानिसलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छैन ।

लक्षणहरूको सूचिलाई अपडेट गरेर धेरैजसो व्यक्तिहरू अब परीक्षणको लागि योग्य हुनेछन् ।

Loading...