म सोध्ने छु भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते : प्रधानमन्त्री ओली

विराटनगर, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका छन् ।

मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा ओलीले भारतसँग बार्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउने बताएका हुन् ।

‘चार मुखे सिंह भारतको प्रतीक चिन्ह छ, त्यसको मुनि सत्यमेव जयते लेख्या छ, सत्यमेव जयते भारतको चिन्ह छ, विश्वासचाहिँ म गर्छु,’ उनले भने, ‘म सोध्नेवाला छु भारतलाई सत्यमेव जयते कि सिंह जयते ?’

नेपाल सत्यमेव जयतेमा विश्वास गर्ने बताउँदै उनले थपे ‘हामी हाम्रो भूमि फिर्ता गर्न सक्दछौं किन भने सत्यमेव जयते ।’ उनले सिंहको जित नभइ सत्यको जित हुने भएकाले नेपालको भूमि फिर्ता ल्याएरै छाड्ने बताए ।

Loading...