सूर्तीका बोटबिरुवाबाट कोरोना भाइरसको खोप विकास गरेको दावी

एजेन्सी, ६ जेठ । बेन्सन र हेजेज र लकी स्ट्राइक सिगरेटका निर्माताले सूर्तीका बोटबिरुवाबाट कोरोना भाइरसको खोप विकास गरेको दाबी गरेका छन् ।

ब्रिटिश अमेरिकन टोबैको (बीएटी) ले जूनसम्ममा बेलायत सरकारको समर्थन प्राप्त गरे एक हप्तामा तीस लाख खोप निर्माण गर्न सक्ने बताइएको छ ।

अप्रमाणित खोप हालै जनावरहरूमा परीक्षण गरीरहेको छ ।

तर, बीएटीले तिब्र मानवीय परीक्षणको माध्यमबाट खोपलाई छिटो ट्र्याक गर्न आग्रह गरिरहेको छ ।

सूर्तीजन्य प्लान्ट टेक्नोलोजी प्रयोग गर्दै यो खोप संयुक्त राज्यमा बीएटीको सहायक फर्म केन्टकी बायोप्रोसेसि (केबिपी) द्वारा विकसित गरिएको छ ।

केन्टकी बायोप्रोसेसिङले सूर्तीजन्य बोटबिरुवामा भाइरसको एन्टिजेन छिराएर बोटबिरुवाको जीव संरचनाले यसलाई बढ्न र पुनः उत्पादन गर्न मद्दत गर्छ ।

एक पटक काटेपछि, एन्टीजेन्स निकालिन्छ र शुद्ध गरिन्छ र खोपको रूपमा शरीरमा प्रयोग गर्न सकिन्छ ।

बोटबिरुवामा आधारित खोपहरू बढ्नको लागि केवल केही हप्ता लाग्छ र उनीहरू कोठाको तापक्रममा पनि जीवित रहन सक्छ ।

साथै, तिनीहरूलाई सिर्जना गर्न कम खर्चिलो बनाउँछ ।

बीएटीमा वैज्ञानिक अनुसन्धान निर्देशक डा. डेभिड ओरेली खोप विकास चुनौतीपूर्ण र जटिल काम हो तर, सूर्तीजन्य बिरुवा प्रविधि टेक्नोलोजीको साथ ल्याएको महत्त्वपूर्ण सफलताले कोभिड १९ विरुद्धको युद्ध जित्न सहयोग पुर्‍याउनेमा विश्वास राख्छन् । –डेलीमेलबाट

Loading...