नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगरौं : मन्त्री अर्याल

काठमाडौं, ६ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन् । ‘नेपाल सरकार मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन विनम्र अनुरोध गर्दछु,’ उनले लेखेकी छन् ।

यहीबीच सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा भने नयाँ नक्सा प्रयोग भइरहेको देखिन्छ ।

Loading...