अब कुटनीतिक वार्ताको माध्यमबाट नेपालको भूमि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूगोल फिर्ता लिने अठोट व्यक्त गरेका छन् ।

मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा ओलीले कालापानी, लिम्पियाधुरा क्षेत्र नेपालको भएकाले त्यो फिर्ता लिने अठोट ब्यक्त गरेका हुन् ।

उनले भने, ‘२०१८ सालसम्म तिरो उठाउने गरेको र जनगणना गरेको स्पष्ट हुँदाहुँदै नेपालको भूमि हड्पिएकाले त्यो जसरी पनि फिर्ता लिन्छौं । विगतका शासकहरुले भारतले हड्पेको जमिनका बारेमा मोनता साँधेको भए पनि वर्तमान सरकारले सही कदम उठाएको छ ।

‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यस बेलाका शासकहरूले सहे । अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन । निष्कर्ष निकालिने छ । अतिक्रित जमिन फिर्ता लिने छ । कुटनीतिक माध्यमबाट ठोस पहल गरिने छ । यही अठोटका साथ हामीले नीति कार्यक्रममा उललेख गरेका थियौं ।’

Loading...