‘रोनाल्डो असाधारण खेलाडी’

एजेन्सी, ६ जेठ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासर अल–खिलाइफीले पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् ।

हालै दिएको एक अन्तर्वार्ताका क्रममा खिलाइफीले इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो असाधारण खेलाडी भएको बताएका हुन् ।

‘रोनाल्डो एक असाधारण क्षमता भएका खेलाडी हुन् । बर्सेनी रोनाल्डोले एक अद्वितीय दृढ संकल्प र चरित्रको असाधारण शक्ति देखाउँछन्,’ फ्रान्स फुटबलसँगको अन्तर्वार्तामा उनले भने ।

‘उनी दिन प्रतिदिन राम्रो गर्ने चाहनाले प्रेरित छन् र आफूलाई सधैं सीमाभन्दा अगाडि बढाउँछन्,’ उनले थपे, ‘म उनको अथक ईच्छाको प्रशंसा गर्छु । उनी भविष्यका सबै खेलाडीहरूका लागि महान उदारहण हुन् ।’

Loading...