राष्ट्रिय सभामा नीति कार्यक्रम – सत्तापक्षको सर्मथन, प्रतिपक्षको बिरोध

काठमाण्डौ ,, ६ जेठ । राष्ट्रिय सभा सांसदहरु कसैले सरकारले आगामी बर्षकालागि प्रस्तुत गरेको नीति कार्यक्रमको सर्मथन र कसैले आलोचना गरेका छन ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताए ।

उनले सरकारको सोचको उचाई अनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको प्रस्टपारे ।

लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई संम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको नेता शर्माको दाबी छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका लागि संसदीय दलका नेता राधेश्याम अधिकारी ले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुर्नलेखन गर्नुपर्छ भने ।

कोभिड विरुद्धको महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक संकट समाधानका लागि सबै दलहरुबीच राष्ट्रिय एकता बनाउनुपर्नेमा सरकारले आफनो मात्र बखान गरेर नीति कार्यक्रम अपुरो ल्याएको आरोप लगाए ।

मौलिक अधिकारका कानुन कार्यन्वयन हुन नसकेको भन्दै नेता अधिकारीले लोकतन्त्रमा नागरिकको अधिकार प्रत्याभुति हुन नसकिरहेको कुरा सरकारले स्वीकार गर्नसक्नुपर्छ भने ।

स्थानीय सरकारलाई दिनुपर्ने एकल अधिकार नदिँदा स्थानीय सरकारको गुनासो संघीय सरकारप्रति बढ्दै गएको उनले बताए ।

सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अनुसरण गर्न नसकेको, राजनीतिक विचलनमा सरकार खरो उत्रन नसकेको , कोभिड १९ संक्रमणको स्थितिको प्रक्षेपण गर्न नसकिएको ,भेन्टिलेटर लगायतका स्वास्थ्यतयारी गर्न नसकेको आरोप नेता अधिकारीको छ ।

उहाँले संक्रमणको दृष्टिले जोखिमपुर्ण क्षेत्रमा स्वास्थ्य सामाग्री नपुग्नु, महामारीको समयमा किनेको सामानमा आर्थिक अनियमितता हुनु, शिक्षामा योजना नआउनु, रेमिट्यान्स लगायत कृषि उत्पादन वृद्धिको योजना नहुनु लगायतले नीति तथा कार्यक्रम पुर्ण हुन नसकेको टिप्पणी गरे ।

Loading...