प्रधानमन्त्री ओलीले भने : भारतबाट आएको भाइरस कडा देखियो

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको भाइरस कडा देखिएको बताएका छन् ।

मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।

वुहान, इटाली, यूएईबाट आएको भाइरस कडा खालको नभएको बताउँदै उनले भने, ‘अरुतिरबाट आएको भाइरस कडा नभएको तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

यसैगरी ओलीले पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको बताए ।

यसरी आएकाहरू लुकेर बस्दा झनै समस्या भएको उल्लेख गर्दै उनले कोरोनाका कारण कोही पनि नागरिकको मृत्यु हुन नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे ।

उनले जनप्रतिनिधिको कारणले पनि बाहिरबाट आउने नेपालीलाई रोक्न नसकेको बताए ।

Loading...