अमरिकी कम्पनीको दाबी : अनुसन्धानमा सामेल भएका ८ जनामा भ्याक्सिनको सकारात्मक असर

एजेन्सी, ६ जेठ । मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोना भाइरसविरुद्ध संघर्ष गर्न प्रशिक्षित गर्न सक्ने अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपको दाबी गरेका छन् ।

न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टीबडी भेटिएको बनाउने देखिएको हो ।

ती ८ व्यक्तिको शरीरको प्रतिक्रिया कोरोना भाइरस संक्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ ।

मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ ।

खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोना भाइरस संक्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने थाहा हुने हुँदा जुलाईको अन्त्य सम्ममा खोपको दोस्रो ट्रायल सुरु हुने आशा राखिएको छ ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोना भाइरसविरुद्धको खोप विकास गर्न काम भइरहेको छ ।

४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी परीक्षण गरिएको छ ।

बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी रहेको बताइएको छ भने परीक्षणमा सहभागीहरूमध्ये उच्च मात्रामा दिएको खोपले केही ‘साइड इफेक्टहरू’ देखिएको छ ।

Loading...