आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने

काठमाडौं, ६ जेठ । संसद बैठक आज मध्याह्न १२ बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने छन् ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको छ ।

Loading...