Rumpum

Rumpum Advertisement

योगेशले सम्झिए २२ वर्ष अघि गरेको कालापानी मार्चको त्यो क्षण

योगेशले सम्झिए २२ वर्ष अघि गरेको कालापानी मार्चको त्यो क्षण

काठमाडौं, ६ जेठ । योगेश भट्टराई २०५५ सालमा अनेरास्ववियूको अध्यक्ष थिए । अहिले उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् ।

तत्कालिन नेकपा मालेनिकट विद्यार्थी युनीयनका अध्यक्ष उनले कालापानीसम्मको मार्च समेत गरेका थिए ।

२२ जेष्ठ २०५५ देखि ५ असारसम्म विद्यार्थी र पत्रकारसहित ५७ जनाको टोलीले काठमाडौं देखि कालापानीसम्म मार्चपास गरेको थियो ।

काठमाडौंबाट गोकुलेसम्म बसद्वारा यात्रा गरेर त्यहाँबाट पैदल गएको मन्त्री भट्टराई सुनाउँछन् ।

नेपाली भुमि मिचिएकोमा फर्काउन देशभक्तिपूर्ण माग राखेर पुगेको फोटो राख्दै सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ।

उनले त्यतिबेला लगाएको नारा थियो

‘कालापानी हाम्रो हो’
‘छोड् हाम्रो ठाउँ’
‘भारतीय सेना हो आफ्नो ठाउँ जाउ’

उनले सो समयमा यो नारा देशव्यापी रुपमा गीतकै रुपमा गुञ्जिएको समेत उल्लेख गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कालापानी सहित मिचिएको लिम्पियाधुरा सम्मको नेपालको नक्सा जारी गर्ने निर्णय गरेपछि उनले सो समयको क्षण दर्शाउने तस्विर समेत फेसवुकमा पोस्ट गरेका छन् ।