३० प्रतिशत संक्रमितहरूमा रगत जम्ने समस्या

विराटनगर(एजेन्सी), ५ जेठ । कोरोना भाइरसबाट गम्भीर बिरामी भएका ३० प्रतिशत बिरामीहरूमा रगत जम्ने देखिएको छ ।

विज्ञहरूका अनुसार थोम्ब्रोसीस पनि भनिने ब्लड क्लटहरूका कारणले मृतकको संख्या बढाउन सक्छ ।

लण्डनको किंग्स कलेज अस्पतालमा थ्रोम्बोसिस र हेमोस्टासिसका प्रोफेसर रूपेन आर्य र अस्पतालको रक्त विज्ञान टोलीले कोरोना भाइरसले रगतलाई परिवर्तन गरिरहेछ ।

जसकारण संक्रमितहरूमा ब्लड क्लटहरू निम्त्याउन सक्छ ।

भाइरसको लागि शरीरले गरेको प्राकृतिक प्रतिक्रियामा फोक्सोमा गम्भीर तरिकाले सुन्निने कारण रगतमा परिवर्तन आउने गर्छ ।

आर्यका अनुसार गम्भीर रूपमा प्रभावित बिरामीहरूमा रगतमा रसायनको मात्रा धेरै देखिरहेका छन् जसले ब्लड क्लटलाई सक्रिय पार्ने प्रभाव पारेको छ ।

यसले समस्यालाई थप जटिल बनाएर स्ट्रोक तथा हृदयघातको समस्या हुने सम्भावना बढाउछ ।

अध्ययनहरूमा हाल ब्लड क्लटको उपचार गर्न प्रयोग भइरहेको रगत पातलो बनाउने औषधि (ब्लड थिनर) हरूले काम नगरेको देखाएको छ ।

अत्यधिक स्तरमा औषधिको मात्रा बढाए विरामीहरूलाई ठूलो रक्तस्राव हुने जोखिम हुन सक्छ जुन घातक हुन्छ ।

Loading...