डिसइन्फेक्सन गर्नु हानिकारक : डब्ल्यूएचओ

विराटनगर(एजेन्सी), ५ जेठ । कोरोना संक्रमणको रोकथामको लागि भन्दै अहिले देशका धेरै स्थानमा डिसइन्फेक्टेन्ट गर्ने क्रम बढेको छ ।

तर यसरी डिसइन्फेक्टेन्ट गर्नु हानिकारक हुने र प्रभावकारी नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सरसफाई गर्नु, सामाजिक दुरी राख्नु कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्ने प्रभावकारी उपाय भएपनि अहिले जस्तो सडकमै मान्छे माथि स्यानिटाइज गर्ने र डिसइन्फेक्सन गर्नु हानिकारक हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो ।

डब्ल्यूएचओले कीटनाशक छर्दा कोरोना भाइरस नष्ट नहुने समेत स्पष्ट गरेको छ ।

खुला स्थानमा किटनाशक छर्किदा कोरोना भाइरस नष्ट नहुने बरु स्वास्थ्यमा असर गर्ने संगठनले जनाएको छ ।

झनै मानिसको शरीरमा सिधै डिसइन्फेक्टेन्ट स्प्रे गर्दा गम्भीर असर गर्ने छ ।

डिसइन्फेक्टेन्ट बनाउँदा क्लोरिन र अन्य विषालु तत्व मिसाइने हुँदा स्वास्थ्यमा असर गर्ने संगठनले जनाएको छ ।

Loading...