संसदमा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, ५ जेठ । अहिलेको परिस्थितिमा सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसदले सरकारले महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरे ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे । सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरेको भन्दै उनले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए ।

नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उनले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

‘‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई आराम गर्न आग्रह गर्दछु । डाक्टरले भनेको छ आराम गर्न, मन्त्रीले साथ दिएका छै्रनन । देशलाई बचाउन, जनतालाई भोकबाट बचाउन र बाहिर रहेका नागरिकलाई बाटो खोल्न आग्रह गर्दछु’’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताए ।

मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन् ’’ उनले भने ।

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उनको आरोप छ ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गरे ।

दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताए । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उनको भनाइ छ ।

Loading...