गर्भावस्थामा कम वजनको कारण आमा र शिशुलाई हुने हानीहरू

विराटनगर, ५ जेठ । मेटाबोलिज्म, मर्निङ सिक्नेस तथा विभिन्न स्वास्थ्य समस्याहरूका कारण गर्भावस्थामा वजन बढ्न सक्दैन ।

गर्भावस्थामा महिलाको शरीरको तौल कम भएमा, आमा र बच्चा दुवैले विभिन्न जटिलताहरूको सामना गर्नुपर्ने हुन्छ ।

गर्भवती हुनुभन्दा पहिले महिमाको कम्तिमा ४५ केजी वा सोभन्दा धेरै तौल हुन आवश्यक हुन्छ ।

गर्भावस्थामा कम वजनको कारण आमालाई हुने हानी :

  • शरीरमा तौल नपुग्दा पोषक तत्वहरूको अभाव हुन सक्छ जसले गर्भपातको जोखिम बढाउँछ ।
  • कम तौल भएका महिलाहरूमा नौ महिनाभन्दा पहिले बढी डेलिभरी हुन्छन् ।
  • गर्भावस्थाको समयमा कम तौल भएका कारण सिजेरियन अपरेशन गर्नुपर्ने बढी सम्भावना हुन सक्छ ।
  • शरीरले भ्रुणको आवश्यकताहरू पूरा गर्न सबै पोषकहरू प्रयोग हुने हुँदा कम वजन भएका महिलाहरूलाई पछि उनीहरूको जीवनमा एनीमिया वा अस्टियोपोरोसिस हुन सक्छ ।
  • डेलिभरीपछि ब्रेस्ट मिल्क कम आउन सक्छ ।

गर्भावस्थामा आमाको वजन कम भए शिशुमा हुने हानी :

  • गर्भावस्थामा उचित पोषणको कमीको कारण, बच्चाको वजन पनि कम हुन सक्छ ।
  • जन्मको समयमा बच्चामा वजन कम छ भने, बच्चालाई लो ब्लड सुगर जस्ता  स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
  • बच्चाको प्रतिरोध क्षमता पनि कम हुन्छ, जसले उसलाई संक्रमणको जोखिममा राख्छ ।
  • बच्चालाई पछि गएर मधुमेह वा मुटुसम्बन्धी समस्याहरू हुन सक्छ ।
  • केही अध्ययनका अनुसार, नवजात शिशु आमाको तौलको कारणले गर्दा पनि मर्न सक्छन् ।
  • कम वजन भएको बच्चा जन्मेमा बच्चालाई सिक्न, हेर्न र सुन्नमा गाह्रो हुन सक्छ ।
Loading...