रुसमा संक्रमण घट्दो, पछिल्लो २४ घण्टायता ९ हजारभन्दा कम संक्रमित भेटिए

एजेन्सी, ५ जेठ । रुसमा पछिल्लो २४ घण्टामा रुसमा ८ हजार बढीमा कोरोना भाइरस संक्रमण देखा परेको छ ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार रुसमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय २६ नयाँ संक्रमितहरू रेकर्ड भएको छ ।

तीन दिनयता रुसमा लगातार ९ हजार बढी संक्रमितहरू रेकर्ड भइरहेको बेला आज संक्रमितको सङ्ख्या केही घटेको देखिन्छ ।

आज नयाँ संक्रमित थपिएसँगै रुसमा २ लाख ९० हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये आज ९१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ हजार ७ सय २२ पुगेको छ भने ७० हजार २ सय ९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

रुस अहिले कोरोना प्रभावितको सूचिमा अमेरिका पछि दोस्रो नम्बरमा छ ।

Loading...