नवाजुद्दिन सिद्धिकी परिवारसहित क्वारेन्टाइनमा

एजेन्सी, ५ जेठ । बलिउडका चर्चित अभिनेता नवाजुद्दिन सिद्धिकी आफ्नो परिवारसहित होम क्वारेन्टाइनमा बसेका छन् ।

मुजफ्फरनगर जिल्ला प्रशासनले मुम्बईबाट बुढाना पुगेपछि नवाजुद्दीन सिद्दीकीको कोरोना भाइरस परीक्षण गरिएको थियो ।

भारतीय मिडियाका अनुसार उनको कोरोना रिपोर्ट नेगेटीभ आएको छ ।

उनी आफ्नो परिवारसहित गृह नगर मुज्जफरनगरमा इद मनाउनका लागि पुगेका थिए ।

लकडाउनको समयमा पास लिएर उनी आफ्नो प्राइभेट गाडीमा आफ्ना भाइ, साली र आमाको साथमा १५ मे मा इद मनाउन गृहनगर पुगेका हुन् ।

उनीहरूको पनि कोरोना भाइरसको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उल्लेख छ ।  उनीहरूलाई २५ मेसम्मका लागि होम क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

Loading...