कोरोनाको नयाँ लक्षण : बोल्न पनि अफ्ठ्यारो हुने

एजेन्सी, ५ जेठ । विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विशेषज्ञहरूले कोरोना पोजिटिभ व्यक्तिलाई बोल्न धेरै गाह्रो हुने चेतावनी दिएका छन् ।

नेसनल हेल्थ सर्भिसले सुरुमा कोरोना भाइरसका महत्त्वपूर्ण लक्षणहरूमा जोरो र रुघाखोकी समावेश गरेका थिए । तर, हेरेक दिन कोरोनाका नयाँ नयाँ लक्षणहरू देखा परिरहेका छन् ।

विज्ञहरूले कोरोनाबाट संक्रमित व्यक्तिलाई बोल्न पनि ठूलो कठिनाई हुने दाबी गरेका छन् ।

विज्ञहरूलेका अनुसार कोरोनाका सबै बिरामीहरूलाई बोल्दा समस्या हुनु नै पर्छ भन्ने आवश्यक हुँदैन ।

अन्य लक्षणहरू जस्तै यो लक्षणहरू लुकेको वा ढिलो गरी मात्र अगाडि आउन सक्छ । कुनै व्यक्तिमा यस्ता लक्षणहरू देख्दा होशियार हुन भने आवश्यक छ ।

बोल्न कठिनाई हुनु चिकित्सा वा मनोवैज्ञानिक अवस्थाको संकेत हुन सक्छ । यसभन्दा पहिले पनि, स्वाद पत्ता लगाउन नसक्नेम सुँघ्न नसक्ने जस्ता कोरोनाका थुप्रै अनौंठो लक्षणहरू पत्ता लागिसकेका छन् ।

अक्सिजन र ला ट्रोब युनिभर्सिटी, मेलबर्नका अन्वेषकहरूले कोरोना बिरामीहरूमा ‘साइकोसिस’ को समस्या पत्ता लगाए ।

अनुसन्धानका प्रमुख, एली ब्राउनले आफ्नो अध्ययनमा कोभिड १९ मा मानसिक तनावको जोखिममा उल्लेखनीय वृद्धि हुने बताएकी छिन् ।

यही कारणले कोभिड १९ का धेरै बिरामीहरूले बोल्ने, सुन्ने वा स्वाद लिन सक्ने क्षमता गुमाउँछन् ।

Loading...