चेल्सीका खेलाडी हड्सन पक्राउ

एजेन्सी, ५ जेठ । इंग्लिस क्लब चेल्सीका स्टार कालुम हड्सन–ओडोइ पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेका कारण १९ वर्षीय हड्सनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान चार बजेसम्म आफ्नो अपार्टमेन्टमा केटी साथीहरू बोलाएर पार्टी गरेको खबर पाएपछि पुलिसले उनलाई पक्राउ गरेको हो ।

उनले पार्टी गरिरहेका बेला एक जना केटीको स्वाथ्यावस्था ठीक नभएको भन्दै पुलिस र एम्बुलेन्स पुगेको थियो ।

जसमा महिलालाई अस्पताल लगिएको छ भने हड्सनसहित एक जना व्यक्तिलाई हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी अफिसरले उनलाई आइतबार बिहान करिब ४ बजे पक्राउ गरेको हो ।

गत मार्चमा हड्सनलाई कोरोना संक्रमण देखिएको थियो । केही दिन अगाडि मात्र उनले आफू पूर्ण रूपमा फिट भएको बताएका थिए ।

Loading...