अहिले भइरहेका सम्पूर्ण समस्याले सबै नेपालीलाई एकजुट बनाएको छ : यसराज

विराटनगर, ५ जेठ । अभिनेता एस राज गराचले अहिले भइरहेका सम्पूर्ण समस्याले सबै नेपालीलाई एकजुट बनाइ राखेको बताएका छन् ।

लामो समयदेखि चल्दै आएको कालापानी विवादले भारतले सडक बनाएर गरेको उद्घाटन, केही दिनयता चीनले सगरमाथा उनीहरूको भूभागमा पर्ने भन्दै लेखेपछि र एक सिरियल ‘पाताल लोक’ मा नेपालीलाई नराम्रो शब्द प्रयोग गरिएको खरबार निकै चर्चाको विषय बनेको छ ।

साथै, कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमितजो संख्या बढो छ र २ व्यक्तिको मृत्युसमेत भइसकेको छ ।

उनले कोरोना भाइरस, सीमा विवादअन्तर्गत कालापानी र सगरमाथाको विषय तथा पाताल लोकको विषयले सम्पूर्ण नेपालीलाई एकजुट बनाई राख्न मद्धत गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले यो सबै समस्याबाट हामी एक भइ जुटेर छिट्टै पार पाउनेसमेत लेखेका छन् ।

Loading...