फिल्म ‘कोभिड १९’ बिहीबार युट्युबमा प्रदर्शन हुने

विराटनगर, ५ जेठ । फिल्म ‘कोभिड १९’ निर्माण भएको छ ।

कोरोना भाइरसले पारेको असरको विषयमा छोटो फिल्म ‘कोभिड १९’ निर्माण भएको हो । फिल्मको पोस्टर समेत सार्बजनिक गरिएको छ ।

कोरोना कहरमा मानिसलाई परेको विभिन्न मानसिक असर र विपन्न परिवारले भोग्नु परेको समस्यालाई समेटेर फिल्मको कथा लेखिएको छ ।

राजबहादर सानेको लेखन रहेको फिल्ममा राई प्रपोज राई र दिलमाया विश्वकर्माको अभिनय छ ।

रमेश वन गोसाईको निर्देशन रहेको फिल्म स्वर्गद्वारी फिल्मस् पोस्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।

चेतन सागरको सम्पादन, पाश्र्व संगीत रहेको फिल्मलाई ८ जेठबाट रोम इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिने छ ।

Loading...