डब्लुएचओको महत्त्वपूर्ण बैठक बस्दै

एजेन्सी, ५ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को लागि वोर्ल्ड हेल्थ एसेम्ब्लीको आज एक महत्त्वपूर्ण बैठक बस्ने भएको छ ।

जेनेवामा हुन गएको यो बैठकमा विश्व स्वास्थ्य संगठन सबै सदस्य देशहरूले भाग लिने छन् ।

उक्त बैठकमा आज कोरोना भाइरसको विषयमा छलफल हुने भएको छ । तर, बैठक सुरू हुनु अघि नै राजनीति सुरु भइसकेको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार यस पटक ताइवानले सभामा पर्यवेक्षकको भूमिका खेल्न छलफल गर्न सकिने बताइएको छ ।

ताइवान कोरोना महामारीको विरुद्ध लड्न धेरै हदसम्म सफल भएको देश मानिन्छ ।

तर, ताइवान संगठनको सदस्यमा छैन ।

चीनले ताइवानलाई आफ्नो प्रान्तको रूपमा लिँदै आएको छ ।

विश्वका १५ देशहरूमा संगठनले चिठी लेखेर ताइवानलाई छलफलको एजेन्डामा समावेश गर्न अनुरोध गरिएको थियो । यद्यपि, ताइवानलाई बैठकमा आमन्त्रित गरिएको छैन ।

Loading...