प्रदेशलाई अधिकार विहिन बनाउन खोजेको समाजबादी पार्टी नेताको आरोप

काठमाण्डौ , ५ जेठ । समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशलाई अधिकार विहिन बनाउन खोजेको आरोप लगाएका छन ।

सोमवार कार्यक्रमको समिक्षाबारे बोल्दै नेता यादवले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा प्रदेशको अधिकारबारे कुनै सम्वोधन नभएको आरोप लगाएका हुन ।

नेता यादबले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषयमा पनि नीति कार्यक्रममा केही उल्लेख नभएको बताए ।

कोरोना महामारीबाट प्रभावित क्षेत्रका विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताए ।

नेपालको एक इन्च भूमी पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुादा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उनले आरोप लगाए ।

भारतमा अलपत्र नेपालीको उद्धार गर्न आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताए ।

उनले नेपालमा अहिलेमा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उहाँले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद हो , उनले भने ।

भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको सांसद लिङ्देनको आरोप छ ।

नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उनले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भन्ने मानसिकता हो भने ।

सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गर े।

Loading...