दुखमा सरकार संबेदनशील हुन सकेन ,– महामन्त्री शशांक कोइराला

काठमाण्डौ,५ जेठ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुःखमा सरकार संवेदनशिल हुनु नसकेको आरोप लगाएका छन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमको समिक्षाबारे सोमवार बोल्दै नेता कोइरालाले महामारीको बेला पनि सरकार कर्मकाण्डी मात्रै भएको बताए ।

‘जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम ल्याएको छ’ , नेता कोइरालाले भने ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित नेपाली भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको बताए ।

उनले दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशिल हुन र विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन सरकारसँग आग्रह गरे ।

Loading...