धेरै होमवर्क दिएको भन्दै दुई बच्चाले काटिदिए शिक्षकको वाईफाई

एजेन्सी, ५ जेठ । छिमेकी, मित्र तथा सँगै कक्षामा पढ्ने दुई ९ वर्षीय बालकहरूले आफ्नो शिक्षकको वाईफाई काटिदिएका छन् ।

धेरै होमवर्क दिएका कारण यी बिद्यार्थीहरूले शिक्षकको घर गई वाईफाई काटिदिएका हुन् ।  

अल्बासेट, स्पेनका यी दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाएर वाईफाई काटिदिए । तर, दुर्भाग्यवश शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए ।

आफुले संयोगले हेर्दा विद्यार्थीले वाईफाई काटिरहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् ।

उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट काटेको स्वीकार गरेका छन् ।

आमाबुबाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वचन दिएपछि शिक्षकले तथ्यलाई रिपोर्ट गर्न चाहेनन् ।

Loading...