भीम रावलले भने : एमसिसी पछाडिको ढोकाबाट आउन खोज्दैछ

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा बोलेका छन् ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे सोमबार संसदमा भएको छलफलमा भाग लिँदै रावलले विवादित एमसिसी पारित गर्न खोजिएको बताएका हुन् ।

एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको बताएउँदै उनले भने, ‘ यदि सम्झौताअनुसार भयो भने राष्ट्रहित विपरित हुनेछ । एउटा स्वधीन देशका हैसियतमा आँच पुर्‍याउने सम्झौता लागु हुनुहुँदैन । स्वाधिनता पैसामा साट्न सकिँदैन ।’

उनले भने, ‘कांग्रेस नेताले एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको संकेत गर्नुभयो । उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो ।’

Loading...