एमसीसी चोरबाटोबाट पारित गराउने प्रयास भैरहेको नेकपा नेता रावलको आरोप

काठमाण्डौ,५ जेठ । नेकपाका नेता भीम रावलले सरकारले एमएसिसी चोरबाटोबाट पारित गर्न लागेको आरोप लगाएका छन ।

प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमवार बोल्दै नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न लागेको आरोप लगाएका हुन ।उनले राष्ट्रहित विपरितको एमसीसी सम्झौता अर्को राष्ट्रघात हुने बताए ।


एमसीसी पारित गर्नैपर्छ भनेर संकटका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्त्ति महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने बताए । उनले भने ‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ । महाकाली सन्धीमा पनि त्यस्तै भएको थियो ।’

नेता रावलले अन्तरदेशिय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानून नभएकोले आम जनता भ्रममा परेको बताए । उनलेजनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु ऋागाडी नवढाउन सरकारलाई आग्रह गरे ।

राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए ।

Loading...