birat ribon

आजदेखि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा समेत रोक

Neuro
आजदेखि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा समेत रोक

ललितपुर, ५ जेठ । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा सोमबारदेखि १० जेठसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा समेत रोक लागेको छ ।

Padelux insider
cura insider

कोरोना भाइरस महामारीका कारण दुई जना नेपालीको मृत्यु भइसकेको भन्दै महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ ।

पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ । रासस

jackson ribon