नेपालमा स्वास्थ्य अवस्था

मुकेश पौडेल, जनस्वास्थ्यकर्मी

स्वास्थ्य सेवा लिन पाउनु र स्वास्थ्य जीवन व्यतीत गर्न पाउनु मानिसको आधारभूत अधिकार हो भने आफ्ना जनतालाई स्वास्थ्य सेवाहरू प्रदान गर्नु सरकारको दायित्व अनि कर्तव्य पनि हो । विकशित रास्ट्रियहरूमा हेर्ने हो भने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवाहरू निःशुल्क रूपमा प्रदान गरिरहेका छन् ।

त्यस्तै सरकारले पनी आफ्नो जनताको स्वास्थ्यप्रति गम्भीर रूपमा हेरिरहेको हुन्छ । त्यसकरण उनीहरूको स्वास्थ्य सेवाहरू राम्रो अनि त्यहाँका जनताले पनी स्वास्थ्य सेवाहरू उपभोग गर्दै स्वास्थ्य जीवन व्यतीत गरिरहेको पाउन सकिन्छ ।

नेपाल अन्य देशको तुलनामा विकास निर्माणमा मात्र नभएर स्वस्थ्यको क्षेत्रमा पनि उत्तिकै पछाडि रहेको छ । हम्रोमा स्वास्थ्यसम्बन्धी सेवाहरू विस्तार भएका छैनन् भने दुर्गम क्षेत्रमा स्वास्थ्य स्थिति उत्तिकै दयनीय अवस्थामा रहेको पाउन सकिन्छ।

कतिपय स्थानहरूमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीहरूको कमी त कतिपय स्थानमा जनशक्तिको अभावका कारण स्वास्थ्य सेवाहरू प्रभावित भएको पाइन्छ । त्यस्तै निजी सेवा प्रदायकहरूको चर्को रकमको समस्या र उक्त चर्को रकम तिर्न नसक्दा जनताहरू स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनु परिरहेको अवस्था छ । यी समस्या न्यूनीकरणका लागि आवश्यक योजनाका साथ कार्यक्रमहरू अगाडि बढ्न जरुरी हुन जान्छ ।

रोगकै प्रकृति हेर्ने हो भने, विकशित मुलुकहरूमा विशेषगरी नसर्ने दीर्घरोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगहरू पाइन्छ । तर नेपालमा हेर्ने हो भने बढी मात्रामा सरुवा रोगहरू जस्तै झाडा पखला, कुष्ठरोग, क्षयरोग आदि रोगहरू पाउन सकिन्छ, जुन रोगहरू हाम्रो शारीरिक, वातावरणीय सरसफाइ र जनचेतनामा निर्भर गरिरहेको हुन्छ। यी सरुवा तथा घातक रोगहरूको संक्रमणबाट बर्सेनि थुप्रै मानिसहरूले ज्यान गुमाइरहनु परेको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाउन सकिन्छ ।

त्यस्तै नसर्ने रोगहरूको संक्रमण पनि उत्तिकै नै रहेको छ । मधुमेह, उच्चरक्तचाप, हृदयघात आदि नसर्ने घातक रोगको संक्रमण पनि उच्च नै रहेको र यसबाट ज्यान गुमाउनेको संख्या पनि उच्च नै छ। यी सर्ने र नसर्ने रोगहरूसँगसँगै नयाँ-नयाँ रोगहरू जस्तै इबोला, विभिन्न फ्लूहरू, कोरोना आदिको प्रभाव तथा त्रास पनि उत्तिकै रहेको अवस्था नेपालको छ।

यी सर्ने, नसर्ने र नयाँ किसिमका रोगहरूले हाम्रो जस्तो विकासोन्मुख देशलाई असर गरिरहेको छ जसलाई जनस्वास्थ्यका अनुसार Triple Burden Of Disease भनिन्छ ।

यस तीन किसिमका रोगहरूले नेपालको ठूलो जनसंख्यामा असर पुर्‍याइरहेको छ भने यस्ता रोगहरूबाट ज्यान गुमाउनेको संख्या पनि उत्तिकै बढी छ । यस Triple Burden ले समेत हाम्रो देशको स्वास्थ्य स्थिति तथा सेवामा ठूलो असर पुर्‍याइरहेको छ । तसर्थ यस किसिमको त्रिपक्षीय भारलाई चिर्दै अगाडि बढ्नका लागि उचित स्वास्थ्य नीति तथा कार्यक्रमहरू निर्माण गर्दै अगाडि बढ्न जरुरी हुन जान्छ ।

Loading...